Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरीका सईको निधन


    आइतबार, कार्तिक १६ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ । सई नगेन्द्र खड्काको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुरा खड्कामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । उनलाई आईसीयूबाट वार्डमा सारिएको दिन नै निधन भएको उनले जानकारी दिए । दैलेख घर भएका सई खड्का अर्घाखाँची गुल्ममा कार्यरत रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

    उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार