Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण नेपालका चार पत्रकारले ज्यान गुमाए, चार सयलाई संक्रमण


    आइतबार, कार्तिक १६ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ।

    नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्।

    उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पीसीआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। 

    ‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार