Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजार बढी


    आइतबार, कार्तिक १६ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार  जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या ८ हजार ४ सय ६३ पुगेको हो । अहिलेसम्म ललितपुरमा कोरोनाबाट ७७ जनाको मृत्यु भएको छ ।  

    यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको संख्या ५ हजार ९ सय ७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २  हजार ४ सय १० पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक ट्रेसिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।’

    ललितपुरमा २० देखि ४० वर्ष उमेर समूहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ । 

    ुसङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए । ‘सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्,’ उनले थपे, ‘जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।’ रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार