काठमाडौं । प्रहरीले ललितपुरको लुभुबाट एक प्रहरीसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट प्रहरीले ११ लाख ५५ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग लुभुका अनुसार जुवाकाे खालबाट प्रहरी जवान अपिल विक पक्राउ परेका हुन् । उनी जुवा खेलाउने सहयोगीका रूपमा खटिएका थिए ।
त्यसरी नै पक्राउ पर्ने अन्य व्यक्तिहरूमा भक्तपुर सूर्यविनायक–२ का सुरेश पौडेल, सोही स्थानका कृष्ण श्रेष्ठ, विकास श्रेष्ठलगायत छन् ।
त्यसरी नै स्वयम्भु प्रहरीले समेत शनिबार राति नै पूर्व राज्यमन्त्री खोभारी राय यादवसहित १० जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरी १ लाख ५३ हजार रुपैयाँ बरामद गरेको थियो ।