Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गीतमा गलत शब्द प्रयोग भएको स्वीकारे भिटेनले, मागे माफी


    आइतबार, कार्तिक १६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले आफ्नो गीतमा गलत शब्द प्रयोग भएको स्वीकारेका छन् । गत कार्तिक ८ गते रिलिज भएको ‘पारा’ गीत सार्वजनिक भएको थियो । 

    सो गीतमा प्रयोग भएका शब्दका कारण विवाद आएसँगै प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरेको थियो । 

    प्रहरीले पक्राउ गर्न खोजेको खबर बाहिरिएसँगै भिटेनले सो गीत कार्तिक १३ गते नै युट्युबबाट हटाएका थिए । 

    शनिबार सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उनले गीतमा प्रयोग भएको शब्दका लागि माफी मागेका हुन् । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।’

    सो गीत भिटेनको च्यानलबाट हटेपनि अन्य युट्युब च्यानलमा हालिएको छ । सोही विषयलाई लक्षित गर्दै त्यसो नगर्न समेत अपिल गरिएको छ । 

    123118009_3381778341906549_3930921340397812460_n.jpg
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार