Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान


    बिहिबार, माघ १८ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।

    जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

    जडान गरिएको यन्त्रले १०-१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताइएको छ । कार्यालयका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ । सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने जनाइएको छ ।

    नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररुपमा जानकारी दिन सजिलो हुने फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार