नवलपरासी । नवलपरासीकाे पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैंडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको हो । आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैंडाले आक्रमण गरेको हो ।
उपचारका लागि भरतपुर लैजाने क्रममा मुखियाको बाटोमा नै ज्यान गएको बताइएको छ।