Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा कुटिएकी चिनियाँ महिला डिपोर्ट


    बुधबार, माघ १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलाासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट गरेकाे हाे ।

    ईजे ८०२६७९५ राहदानी नम्बरचिनियाँ महिला सोउ सिच्याङ भिसा म्याद सकेर नियमित नगरी ओभरस्टे गरेर बसेको पाइएको
    बताइएको छ । उनलाई यस भिसा बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न गृहमन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएको छ ।

    ‘भिसा नियमित नगरी ओभरस्टे भएका देहायका विदेशी नागरिकलाई अध्यागमन ऐन, २०४९ को दफा ९ तथा अध्यागमन कार्यबिधि २०६५ को दफा ६.३९२० देहायको ९१०० बमोजिम यस भिसा बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न २०८०/०९/०२ मा (नि सचिवस्तरीय) निर्णय भएकोले उक्त निर्णयको सक्कलै फाइल आवश्यक कार्यार्थ फिर्ता पठाएको व्यहोरा अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

    गत मंसिरमा जाजरकोटमा राहत लिएर गएकी सिच्याङमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार