Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • १०० ग्राम खैरो हिरोइन सहित ३ जना पक्राउ


    बुधबार, माघ १७ २०८०
    885
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज। पर्सा प्रहरीले लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थसहिततीन जनालाई पक्राउ गरेको छ ।

    वीरगन्ज महानगरपालिका–१६ स्थित सडक खण्डमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले खानतलासी गर्दा १०० ग्राम सेतो हिरोइन जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार सेतो हिरोइन बरामद भएपनि प्रहरीले बुधबार घटना सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १६ बस्ने ६१ वर्षीय राजबली महतो, ४५ वर्षीय मनोहर महतो र वाराको परवानीपुर गाउँपालिका– ५ निवासी ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।

    उनका अनुसार शंकास्पद रुपमा बाटोको छेउमा उभिएर ३ जना कुराकानी गरेको देखिएपछि प्रहरी टोलीले खनतलासी गरेको थियो ।

    डिएसपी थापाका अनुसार राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो ।

    यसैगरी मनोहर महतोले लगाएको ज्याकेटको खल्तीबाट पनि सेतो रंगको प्लाष्टिकमा बेरी राखेको अवस्थामा लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो । उनीहरुसँगै रहेका अवधेश पटेललाई समेत नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार