Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध खारेज गर्न २१ दलका नेताको माग


    आइतबार, कार्तिक १६ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसदबाहिर र भित्र रहेका कम्युनिष्टहरुबीच एकता गराउने उद्देश्यका साथ ‘कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा’ बिषयक अन्तरक्रिया शनिबार सम्पन्न भएको छ । माक्र्सवादी एकता अभियानले कोरोना महामारीका कारण नेपालका वाम बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरुबीच जूम अन्तरक्रिया गराएको हो ।

    अभियानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा माक्र्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ र एकराज भण्डारीले मन्तव्य ब्यक्त गरेका थिए भने कम्युनिष्ट पार्टीहरुको तर्फबाट बैज्ञानिक समाजवादीबाट आहुति, राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी, बोल्सेबिकबाट रबिन्द्र श्रेष्ठ, नेकपाबाट लोकनारायण सुवेदी, नेकपा मालेबाट सीपी मैनाली र माओवादी क्रान्तिकारीबाट सीपी गजुरेल गौरवले आ आफ्ना धारणा राखेका थिए । प्रायः सबै बक्ताहरुले राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा छन्, तथापी महान अवसरहरु पनि रहेको कुरामा जोड दिएका थिए ।

    संसदीय ब्यवस्था नमान्ने सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्र्ने र अन्य देशभक्त बामपंथीहरुसँग पनि मोर्चा निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए । पार्टी प्रतिबन्ध खारेज हुनुपर्ने कुरा पनि वक्ताहरुले उठाएका थिए । सरकारी नेकपामा भएका इमानदार कार्यकर्ता र नेताले पनि बिद्रोह गर्नुपर्ने बेला आएको धारणा पनि नेताहरुले राखेका थिए । कार्यक्रममा राष्ट्रघात र कमिसनखोरी बिरुद्ध खडा भएको २१ दलीय मोर्चालाई झनै विकसित र मजबुत बनाउदै लानुपर्छ भन्ने कुरामा सबै वक्ताहरुले जोड दिएका थिए ।

    कार्यक्रमको शुरुमा प्रा ओम गुरुङले सबैलाई स्वागत गर्नुभयो र प्रा. रमेश अधिकारीले अबधारणा प्रस्तुत गर्नुभएको थियो । माक्र्सवादी एकता अभियानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता प्राडा शम्भु कट्टेलले गर्नुभएको थियो भने उदघोषण महादीप पोखरेलको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार