Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मन्त्री शर्मा भन्छिन्- सरकारले आमसञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ 


    बुधबार, माघ १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्ने प्रयास गरिरहेको दाबी गरेकी छन् ।

    नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधिसभाको विषयगत समितिमा छलफल भइरहेको उनले प्रष्ट गरिन् ।

    आज (बुधबार) नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवमा मन्त्री शर्माले आमसञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको जानकारी दिइन् ।

    समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक तयार गरिएको मन्त्री शर्माको भनाइ छ ।

    आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको मन्त्री शर्माले बताइन् ।

    मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच विस्तार गर्न कठिन हुने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार