Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाघको आक्रमणमा परी ६८ वर्षीय पुरुषको मृत्यु


    शनिबार, कार्तिक १५ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ । पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिबार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

    उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा योसमेत छ जनाको मृत्यु भइसकेको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार