Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • डेढ महिनामा १०९ फरार प्रतिवादी पक्राउ


    शनिबार, कार्तिक १५ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गलकोट। जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता पाएको छ ।

    जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला भएका १०९ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार