डोटी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा रु एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा र बुबाको नाममा उक्त चेक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर साउदलाई हस्तान्तरण गर्नुभएको हो । नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् ।
नेता साउदले प्रत्यक वर्ष जिल्लाका अपाङ्गता, एकल र ज्येष्ठ नागरिकलाई कपडा तथा सरसफाइका सामग्री प्रदानका साथै यात्रु प्रतिक्षालय निर्माण र नगरका १० बालबालिकको अभिभाकत्व समेत लिँदै आउनुभएको छ । ‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा रु पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले रू १० हजार रकम सहयोग गर्नुभएको छ ।रासस