Nepal Face
  • आइतबार, १० साउन २०८३
  • होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु


    मंगलबार, माघ १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियरको ज्यान गएको छ । आज लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।

    चिनीमाया भण्डारीको होटेलको पाँचौंतलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए। गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

    उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार