Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता विश्वकर्मालाई थप उपचारकालागि आईसीयूबाट भेन्टिलेटरमा सारियो


    शनिबार, कार्तिक १५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएकाे छ।

    आइसियुको उपचारबाट उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

    कोरोना संक्रमणसँगै निमोनिया समेत भएका विश्वकर्मार्को ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।

    ‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ,’ उप्रेतीले भने । ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार