Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीमा रुखले किचेर महिलाको ज्यान गयो


    मंगलबार, माघ १६ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढल्दा स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताए ।

    फुलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान नविनसँगै टुनीको दाउरा काट्न गएकी थिइन्। नविनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए। भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार