Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाराका ६२ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु


    शनिबार, कार्तिक १५ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्साकाे नेशनल मेडिकल कलेजमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    बाराकाे निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए ।

    डाक्टर अन्सारीका अनुसार उनकाे आईसोलेसन भर्ना गर्दा नै निमोनियाका कारण अवस्था गम्भीर थियो ।

    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेशनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।

    आइसोलेसनमा चार जना कोरोना संक्रमित उपचाररत छन् । चारै जनाको आइसीयूमा उपचार भइरहेको नेसनल मेडिकल कलेजका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार