Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनकाे नाकाबाट सामान छुटाउन चिनियाँ एजेन्टलाई घुस !


    शनिबार, कार्तिक १५ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भएपछि चीनकाे नाकाबाट सामान छुटाउन चिनियाँ एजेन्टलाई व्यापारीहरूले घुस दिने गरेका छन्। चिनियाँ पक्षले दैनिक जम्मा पाँच कन्टेनर सामान नाकासम्म ल्याउने गरी कोटा तोकेको छ ।

    सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको बताएका छन् । एजेन्टहरूले धेरै पैसा जसले दिन्छ, उसैको मात्रै सामान ढुवानी गर्ने गरेको गुनासो आएपछि यो विषयमा चिनीयाँ पक्षलाई पनि जानकारी गराइएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले बताए ।

    नाका सुचारु गर्ने दुई देशको सहमतिअनुसार चीनतर्फका १२ वटा एजेन्टले पालैपालो तीन प्राथमिकताको आधारमा नेपालतर्फ सामान ल्याइदिने समझदारी भएको थियो । पहिलो प्राथमिकतामा औषधि र खाद्यान्न छन् । दोस्रोमा विकास निर्माण सामग्री  तथा औजार र तेस्रोमा उपभोग्य वस्तु छन् ।

    यही प्राथमिकता अनुसार क्रमशः ढुवानी गर्ने भनिए पनि ढुवानी र लोडिङ खर्चका विषयमा सरकार-सरकारबीच कुनै समझदारी नभएको भन्सार कार्यालयले जनाएको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण प्राथमिकता अनुसारको आयात चक्र बिगि्रएको भन्सार प्रमुख खड्का बताउँछन् ।

    पछिल्लो समय नेपाली व्यवसायीले चीनतर्फ थप १८ वटा एजेन्ट खडा गरेको भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार