Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाखाैं रूपैयाँसहित ३ जुवाडे पक्राउ


    शनिबार, कार्तिक १५ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिवास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ३ लाख भन्दा बढी नगदसहित ३ जुवाडेलाई पक्राउ गरेकाे छ ।

    महोत्तरीको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साहलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    आज बिहान करिब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ परेका हुन् ।

    महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार