Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा १३५७ जना कोरोना संक्रमित थपिए


    शनिबार, कार्तिक १५ २०७७
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

    संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३ सय ४३ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार