Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जर्मन महिलाको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान


    सोमबार, माघ १५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुर महानगरपालिका–१६ नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

    घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन महिला एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको हो ।

    प्रहरीका अनुसार मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

    आज बिहान ८ बजेतिर ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा उनी मृत भेटिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार