Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफन्तबाटै दुई बालिकामाथि बलात्कारकाे प्रयास, दुईजना पक्राउ


    शनिबार, कार्तिक १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । ताप्लेजुङमा आफन्तबाटै दुई बालिकामाथि बलात्कारकाे प्रयास भएकाे छ। चाडपर्वकै बेला आफन्तबाटै ती बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सिदिङ्वाको वडा नं ४ साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय सेते भनिने आइन्द्रहाङ लिम्बू र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय बालकृष्ण मावो लिम्बू रहेका छन्।

    सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ वर्षीया र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी १७ वर्षीया बालिकामाथि आफ्नै काका/बाबु साइनो पर्नेबाट जबरजस्ती करणीको प्रयास भएको जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार आइन्द्रमाथि १४ वर्षीया बालिकालाई मादिबुङस्थित ध्रबेवारीको ठाडोबाटोबाट केहि तल तरुल र मस्यामबारीको एकान्त ठाउँ लगि जबरजस्ती करणी गरेको अभियोग छ।  

    यस्तै बालकृष्णमाथि १७ वर्षीया बालिकालाई जुकेटार आहाले गैरी भन्ने ठाउँ नजिकको जंगलमा लगि ललाइफकाइ जबरजस्ती करणी गरेको अभियोग गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार