Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५१ किलो गाँजासहित ३ जना पक्राउ


    सोमबार, माघ १५ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनकुटा। प्रहरीले सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको ईन्जिनको भागमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।

    कास्की, पोखरा महानगरपालिका-२ सार्दिखोला कोलचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३० ग्रामसहित सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनार समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार