Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेमा बसको ठक्करबाट प्रहरी जवानको मृत्यु


    सोमबार, माघ १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ।

    बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको दुर्घटनामा परी मृत्यु भएको हो।

    बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार