Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिकृत कुट्ने प्रहरीलाई कारबाही नगरे देशब्यापी हड्ताल गर्ने कर्मचारी संगठनको चेतावनी


    आइतबार, माघ १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजामती कर्मचारीसम्वद्ध विभिन्न ट्रेड युनियन संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे देशब्यापी हड्ताल गर्ने चेतावनी दिएका छन् । आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै विभिन्न संगठनले तीन दिनभित्र कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्।

    नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मन्चले आज गृह तथा उपप्रधानमन्त्री  श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आफ्ना माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार