Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • उद्योग बाणिज्य महासंघ चुनावः ढकाल समूहका उपाध्यक्षका उम्मेदवार विदेशी मुद्रा अपचलनका आरोपी


    शनिबार, कार्तिक १५ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • रामचन्द्र संघाई

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनावी तालिका सार्वजनिक गरेको छ । महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारण सभाको उदघाटन मंसिर ११ गते दिउँसो ४ बजे भर्चुअल माध्यमबाट हुने तय भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । ढकालसहित प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् ।

    ढकालको समूहका एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई बिरुद्ध विदेशी मुद्रा अपचलनको उजुरी दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)मा उनीबिरुद्ध रमेश अग्रवालले विदेशी मुद्रा अपचलनमा उजुरी दिएका हुन् । सीआइबीले उनीबिरुद्ध अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि संघाई भने सीआइबीका अधिकारीलाई प्रभावमा पार्नका लागि शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् । रामचन्द्र संघाई जस्ता बदनाम पात्रकै कारण व्यापारी ढकाललाई ठूलो धक्का लाग्ने अवस्था देखिएको छ ।

    स्रोतका अनुसार ठगी र विदेशी मुद्रा अपचलनमा संघाईमाथि प्रहरीको एउटा ठुलै युनिटले अनुसन्धान गरिरहेको छ ।  राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको स्रोतको दाबी छ ।

    रामचन्द संघाईले ८ बर्षदेखि सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षाैंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको भन्दै बिभिन्न निकायहरुमा उजुरी परेपछि छानविन भइरहेको छ । तर उनले प्रत्येक निकायका अधिकारीलाई घुस बुझाउँदै उजुरीमा कारबाही हुनबाट रोक्दैआएका छन् ।

    उजुरी गर्ने अरु कोही नभएर उनकै ब्यापारिक साझेदार रमेश अग्रवाल हुन् । जसका कारण पनि प्रहरी र राजश्वलाई छानविनमा सहयोग पुगेको छ ।
    संघाईले सिद्धार्थ ग्यास उद्योगको बुलेट ढुवानीमा बढी भाडा तिरेर वर्षौदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेका छन् ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई ग्रुपले चलाएको उक्त ग्यास उद्योगले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दिया भन्ने ठाउँबाट भारतीय बुलेट ट्यांकरका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ ।
    यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०१२ र १०–०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पुर्याउने सम्झौता भएको देखिन्छ ।

    संघाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार ६ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा ६ हजार ६ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढी भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत भेटिएको राजश्वको अनुसन्धानका क्रममा पुस्टि भएको स्रोतको दाबी छ 

    सोही विषयमा छानविन गरी कारबाही गर्न रमेश अग्रवाल स्वयम्ले माग गरेका थिए । यसरी संघाईले विदेशी मुद्रा अपचलन  र राजश्व छली गर्दै आएका छन् ।अग्रवालले आफुलाई शेयर नदिएर ठगी गरेको भन्दै अग्रवालले अर्को मुद्दा पनि हालेका छन् ।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको न भएको अनुसन्धानका क्रममा खुलेको पनि स्रोतको भनाइ छ । 

    लागूऔषध कारोबारमा पनि संघाई समूह मुछिएको छ । एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाई केही समय अघि जुवा केसमा पक्राउ परेका थिए ।

     संघाई परिवारले औषधि उद्योगका लागि आवश्यक स्युडोइफिड्रिनलाई लागूऔषध कारोबारीलाई अरबौं रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । तत्कालीन लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख जयबहादुर चन्दले रामचन्द्र संघाईका परिवारका रतनलाल संघाईलाई पक्राउ गरेको थियो । संघाई परिवारका पवन संघाई फरार भएका थिए । पछि अदालतमा सेटिङ गरी उनी धरौटीमा मुक्त भएका थिए ।

     प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको संघाईको प्लास्टिक कारखानामा २०७३ साउन १२ मा तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो प्रिकर्सर स्युडोइफ्रिडिन फेला परेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार