Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाँच करोडको लगानीमा लाइट जडानः रात्रीकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै


    शुक्रबार, कार्तिक १४ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको  छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले  पूरा गर्न लागेको हो ।

     सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको दशरथ रङ्गशालापछि यो दोश्रो रहेको मानिन्छ । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो । विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ ।

    flod light.jpg

    फ्लड लाइटका सामग्रीहरु

     गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु  चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको  बताउँदै अब ढिलाइ नहुने बताउनुभयो ।

     ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार