Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ उपमन्त्री सुन र राजनीतिक दलका नेताहरूबीच भेटवार्ता


    आइतबार, माघ १४ २०८०
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

    नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो ।

    उक्त छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको छ ।

    छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार