Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देहरादूनमा कुटिएका नेपाली विद्यार्थीको संख्या १० मात्रै : परराष्ट्र मन्त्रालय


    शुक्रबार, कार्तिक १४ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर रहेको जनाएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत सरकारले घटनाको सत्यतथ्यबारे जानकारी लिएको समेत मन्त्रालयले जनाएको छ ।

    नेपाली सञ्चार माध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको समेत बताइएको छ । समाचारका अनुसार सो क्षेत्रमा ५१ जना नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो । 

    देहरादून घटनाबारे प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, ‘उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।’

    नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहेकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गरेको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए । उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार