Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ


    शुक्रबार, कार्तिक १४ २०७७
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौंमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। 

    शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।

    छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। मगर पेन्टिङको काम गर्थे। 

    उनीमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन्। प्रवक्ता राठौरका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। अन्य दुई जना अझै फरार छन्। 

    काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको जनाए ।

    छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार