काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।
बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।