Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार थपिए ३५ सय १७ जना कोरोना संक्रमित, ४ हजार ९६ जना डिस्चार्ज


    शुक्रबार, कार्तिक १४ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ।  १४ हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा थप ३५ सय १७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ हजार ८ सय ८८ जना रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार दुई सय ३५ पुगेको छ।

    त्यस्तै, शुक्रबार ४ हजार ९६ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनमुक्त हुनेको संख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ। 

    मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ।

    हाल देशभर ३८ हजार तीन सय ५७ जना सक्रिय संक्रमित रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार