Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको छ: मनीषा कोइराला


    शनिबार, माघ १३ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बलिउड अभिनेत्री तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइराला नेपालमा राष्ट्रियताको कुरा गर्नेलाई प्रतिगामी भन्ने गलत भाष्य बनाइएकाे बताएकी छन् । राप्रपानिकट नेपाल प्राज्ञिक परिषद्ले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रियता सम्बन्धी कार्यक्रममा अभिनेत्री कोइरालाले नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको बताएकी हुन् ।

    कोइरालाले भनिन्,’राष्ट्रियताभन्दा ठूलो कुरा अरू केही हुन्न । मैले भारतमा धेरै वर्ष बिताएँ,त्यहाँ एउटा नेतादेखि सामान्य नागरिकसम्म ‘प्राउड इण्डियन’ हुन्छन् । अमेरिकामा अहिले ट्रम्पले राष्ट्रवाद तर हामीकहाँ चाहिँ के भाष्य दिएको छ भने राष्ट्रियता भनेको त ब्याकवार्ड थिंकिङ हो,हामीले त ग्लोबाइजेशन सोच्ने हो । अरे वा,यहाँ हाम्रो घर भत्केको छ,परिवार छिन्न भिन्न भइरहेका छौँ,अनि ग्लोबलाइजेशनको कुरा गर्ने ? पहिले हामीले आफ्नो परिवारलाई हेर्ने हो । हाम्रो घर भनेको नेपाल हो र परिवार भनेको नेपाली हौं ।’

    नेपाल पछिल्लो समय सांस्कृतिक,धार्मिक र मौलिक पहिचानको सम्बृद्धिबाट बिस्तारै कमजोर बन्दै गएको उनकाे भनाइ छ ।उनले अहिलेको राजनीतिक व्यवस्था कायमै रहे नेपाल असफल राष्ट्रतर्फ अघि बढ्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार