Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुडान जाने प्रहरी टोलीलाई महानिरीक्षक थापाले गरे बिदाइ


    शुक्रबार, कार्तिक १४ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७ औं समूहमा जाने प्रहरीको बिदाइ गरिएको छ ।

    महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् ।

    यूएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालका अनुसार समूहमा एक जना प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १८० जना छन् ।

    उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूहमा गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने छन् । महानिरीक्षक थापाले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका प्रहरीलाई वधाइ तथा शुभकामना दिएका छन् ।

    परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपीयू छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास आईजीपी थापाले व्यक्त गरेका छन् ।

    मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यूएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार