Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एटीएम मेसिन फोर्दै गर्दा १९ वर्षीय युवक पक्राउ


    शुक्रबार, कार्तिक १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमलाई स्क्रुको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

    उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ । उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार