Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीले भेट्यो एक लाख नगदसहितको झोला


    शुक्रबार, कार्तिक १४ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

    बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् ।

    फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।

    झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार