Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना


    शनिबार, माघ १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनलाई प्रोस्टेटको शल्यक्रियाका लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।

    ‘राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ,’ बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    राजा चार्ल्सको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिएको छ । बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार