Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलको अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन


    शुक्रबार, माघ १२ २०८०
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

    समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य छन् । छानबिन समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

    शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार