Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, कार्तिक १४ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका र रुपन्देहीका एकएक जना हुन् । 

    अस्पतालका अनुसार रत्‍ननगरपालिका ९ का ८८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज बिहान ६:५४ मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

    यस्तै रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

    अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्‍वासप्रश्‍वासको समस्या भएका उनको गएराति ११:४७ बजे मृत्यु भएको डा. अधिकारीले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार