Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ


    शुक्रबार, कार्तिक १४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय नागिरकलाई  नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेकाे आराेपमा पक्राउ परेका हुन्। 

    २०७५  फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

    अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार