Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आचारसंहिताको धज्जी उडाउँदै तस्कर बोलाएर प्रहरी चौकीमा भोज


    शुक्रबार, कार्तिक १४ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । कोरोना कहरका कारण मुलुक आक्रान्त छ । सीमा क्षेत्र बन्द छन् । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोकिएको छैन । कोरोनाकै कारण प्रहरी मुख्यालयले विगतमा हुँदै आएको बडाभोजदेखि बलि काटमार सबै रोक्न निर्देशन दिएको थियो । मुख्यालयदेखि प्रदेशमा समेत काटमार र भोजभतेरको कार्यक्रम भएनन् । तर जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी भिस्वामा भने व्पापारीदेखि तस्कर र केही राजनीतिक दलका नेता कार्यकर्ताका साथै जनप्रतिनिधिहरूलाई बोलाएर भव्य भोज भतेर गरेको समाचार  छ ।

     प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रेम मिश्रले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म मदिरासहितको भोज गरेका थिए । १ बजेदेखि ४ बजे सम्म पार्टीका कार्यकर्ता , नेतालाई बोलाइएको थियो भने त्यसपछि व्यापारी र तस्करलाई बोलाइएको थियो । भोजमा बियर, ह्वीस्कीदेखि स्थानीय मदिराको व्यवस्था गरिएको थियो । भोजका लागि आवश्यक रकम तस्करहरुबाटै उठाइएको थियो । चौकी इन्चार्ज मिश्रले घुमुवा प्रहरी सुरेशकुमार यादवलाई परिचालन गरी भोजका लागि आवश्यक बजेट संकलन गरेको आरोप छ । भोजका लागि भन्दै घुमुवा यादवले तस्करहरुबाट दररेट तोकेर रकम संकलन गरेका थिए ।

    करिब बीस दिनअघि मात्रै पनि इन्चार्ज मिश्रका घुमुवा यादवले २७ हजार पर्ने टेलिभिजन तस्करबाट किन्न लगाई घरमा लगेको आरोप लागेको थियो । अहिले भिस्वा नाका तस्करहरूको लागि उर्वर भूमि बनेको छ । उक्त नाकाबाट भैंसी र गोरूको तस्करी पनि व्यापक मात्रामा चलेको छ ।

    भैंसी र गोरूका तस्करहरूले प्रहरीको हकमा १ हजार र सशस्त्रको हकमा १५ सय रूपैयाँ प्रतिसंख्याको दरले दिदै आएका छन् । यी तस्करहरुसँग सेटिङ मिलाउने काम भने प्रहरीका घुमुवा हवल्दार यादव र सशस्त्रको घुमुवा सुरेन्द्र यादवले गर्दै आएका छन् । सशस्त्रका घुमुवा बिओपी बन्जारीका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार