Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणका कारण पत्रकार चौलागाईको निधन


    शुक्रबार, कार्तिक १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काभ्रे पोस्ट साप्ताहिकका प्रधानसम्पादक बिष्णु चौलागाईंको शुक्रबार विहान निधन भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या आएपछि ओम अस्पतालमा उपचाररत उनको निधन भएको आफन्तले जनाएका छन् ।

    केही समयअघि उनलाई कोरोना संक्रमण पुष्टि भए पनि उनले त्यसलाई जितेका थिए । गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेर कोरोना जितेका उनंलाई ज्वरो बढेपछि अस्पताल ल्याइएको थियो ।

    काभ्रेबाट निर्वाचित संघीय सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चौलागार्ईं जुझारु, मेहनती र मिलनसार पत्रकार भन्दै उनको निधनले दुःखी बनाएको बताएका छन् ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईको निधनको खबरले स्तब्ध बनाएको भन्दै समवेदना प्रकट गरेका छन् ।

    चौलागार्ईंको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार