काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
पीसीआर परीक्षणका लागि दिइएकाे स्वाब परीक्षणमा आज उनकाे रिपार्ट पोजेटिभ आएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनी होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।