Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुकेश हत्या प्रकरण: पूर्वसांसद गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता


    बिहिबार, कार्तिक १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ ।

    सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिवसमेत रहेका चौरसिया हत्या अभियाेगमा प्रहरीले पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध एकसाता पछि जाहेरी दर्ता गरेकाे हाे ।

    पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

    आज पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जाहेरी लिएको नेकपा वीरगञ्‍ज महानगरपालिकाका इन्चार्ज रहवर अन्सरीले जानकारी दिए ।

    प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । यता जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको अन्सारीले बताए । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने समेत अन्सारीले बताए ।

    विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

    राजनीतिक दवावमा गुप्तालाई छाडिएको भन्दै नेकपा पर्साले चरणवद्वरुपमा जाहेरी दर्ताका लागि दवाव दिन धर्ना सहितका विरोध कार्यक्रमहरु गर्दै आएको थियो ।

    प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्वसांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै ‘माथिको आदेश’मा छाडेको थियो ।

    यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार