Nepal Face
  • आइतबार, १० साउन २०८३
  • र्‍यापर भिटेनलाई कारवाही गर्न प्रहरीकाे निर्देशन


    बिहिबार, कार्तिक १३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । र्‍यापर भिटेन फेरि विवादमा तानिएका छन् । उनले युट्युब च्यानल मार्फत सार्बजनिक गरेकाे नयाँ गीतमा आपत्तिजनक शब्द प्रयोग भएकाे भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

    भिटेनले आफ्नो युट्युब च्यानल मार्फत् पाँच दिनअघि सार्वजनिक गरेको भिडियोमा आपत्तिजनक शब्द प्रयोगको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हाे ।

    उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। साइबर ब्यूरालाई कारवाहीका लागि आज पत्र पठाएर जानकारी गराइएको छ,’ कडायतले भने, थप अनुसन्धान ब्यूरोले नै गर्छ।’

    साइबर ब्यूरोले पनि भिडियोका बारेमा अनुसन्धान शुरू भइसकेको जनाएको छ। भिटेनले ‘पारा’ शीर्षकमा नयाँ गित सार्वजनिक गरेका थिए।

    पाँच दिनमा ११ लाख पटक हेरिएको उक्त भिडियो गीत नेपालमा युट्युब टेन्ड्रिङको पहिलो नम्बरमा छ। ‘गितका शब्द अपाच्य र आपत्तिजनक छन्। त्यसमा प्रहरीलाई पनि गाली गरेको देखिन्छ,’ उनले भने।

    यसअघि पनि विवादित गीतकै कारण भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। त्यसबेला उनले सार्वजनिक गरेको भिडियो हटाउन लगाएर अबदेखि विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार