Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिए


    बिहिबार, कार्तिक १३ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।

    एकै दिन थपिएका २ हजार ३ सय ६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाखख १९ हजार ६४ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार