Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • द‍ेशभर ३ सय ८० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


    बिहिबार, कार्तिक १३ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आइसियु र १० जना भेन्टिलेटरमा र  प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १३ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्। 
        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार