Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट ज्यान गुमाउने संख्या ९ सय नाघ्याे


    बिहिबार, कार्तिक १३ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाखख १९ हजार ६४ पुगेको छ । हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार