Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • मुगुमा भाइरल ज्वरोले तीन जनाको ज्यान गयो


    बिहिबार, माघ ११ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुगु। जिल्लाको सोरुगाँउपाली- ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको ज्यान गएको छ।

    भाइरल ज्वरोले सोरुगाँउपालिका- ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका- ६ जिमा गाँउका कर्णजित बुमीले बताए ।

    जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

    गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार